
वायर्न म्युनिखले लगातार पँचौ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा उल्फस्वर्गलाई ६-० ले पराजित गर्दै ३ खेल अगावै वायर्नले यस सिजनको उपाधि जितेको हो।
यससंगै वायर्न सर्वाधिक २६ पटकको बुण्डेसलिगा च्याम्पयन समेत बनेको छ।
वायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डास्कीले २ तथा डेविड अलावा, आर्येन रोवेन, थोमस मुलर र जोसुअ किमिचले १-१ गोल गरे।
लुइस गुस्ताभोले ७८औं मिनेटमा रातो कार्ड सामना गरेपछि उल्फस्वर्ग दश खेलाडीमा झरेको थियो।