PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संविधान संशोधनको छलफल सर्‍यो, संसद बैठक अब २१ गते



पहिलोपोस्ट

संविधान संशोधनको छलफल सर्‍यो, संसद बैठक अब २१ गते

काठमाडौँ : संविधान संशोधनको प्रस्ताव माथि संसदमा २१ गतेबाट मात्र छलफल हुने भएको छ।

आजै संसदको बैठकमा संशोधन अगाडि बढाउने तयारी सरकारको थियो। कांग्रेसका पुराना सांसदको निधनका कारण आजको पहिलो बैठकले शोक प्रस्ताव पारित गर्ने र दोश्रो बैठकले संशोधन अगाडि बढाउने तयारी सरकारले गरेको थियो। तर सरकार छलफल गराउने प्रस्तावबाट एकाएक पछाडी हटेको हो। सभामुखले संसद बैठक तीन दिन पछाडी सार्दै २१ गतेका लागि राखेकी हुन्।

२०४८ सालमा सिराहा क्षेत्र नं २ बाट सांसद बनेका नथ्थुनी सिंह दनुवारको निधनमा संसद बैठकमा आज शोक प्रस्ताव पारित गरेकाे छ। उनको बैशाख १० गते निधन भएको थियो।

बैशाख ३१ गते हुने निर्वाचनका लागि १९ गते मनोनय दर्ताको कार्यक्रम भएकाले एक दिन जाने र एक दिन आउने समय छुट्याउनुपरेका कारण बैठक २१ गतेका लागि सारिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell