
काठमाडौं: हिँडेर अमेरिका पुग्ने कथामाथि नेपाली फिल्म बन्ने भएको छ। दीपेन्द्र के खनालको लेखन तथा निर्देशनमा फिल्म बन्ने पक्का भएको हो।
नाम निश्चित नभएको फिल्ममा ‘पशुपति प्रसाद’ र ‘धनपती’ पछि निर्देशक दिपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछानेले तेश्रो पटक सहकार्य गर्ने भएका छन्। फिल्ममा खगेन्द्र लामिछाने मुख्य पात्रका रुपमा देखिने भएका हुन्।
सुरज सिने आर्टस्को प्रस्तुति रहने फिल्मलाई सर्मिला पाण्डेले निर्माण गर्ने भएकी हुन्। हिँडेर अमेरिका जाने नेपालीको बाध्यत्मक परिस्थितिलाई मुख्य कथा बनाइएको दीपेन्द्र के खनालले जानकारी दिए। फिल्मको लगानी ५ करोड अनुमान गरिएको छ।
मंसिर महिनाबाट छायाँकन सुरु हुने फिल्मलाई नेपालसहित भारत, थाइल्यान्ड, मेक्सिको, ब्राजिल र अमेरिका गरी एक दर्जन देशमा खिचिने निर्देशक खनालले बताए।