
काठमाडौं: गायक शिव परियारको स्वरमा 'पवित्र बन्धन' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित युट्युब सार्वजनिक भएको हो।
राम रुवालीको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्। भिडियोमा सुनिल, सिर्जना र महेशको फिचरिङ रहेको छ। जसमा त्रिकोणात्मक प्रेम कथा देखाउन खोजिएको छ।
भिडियोमा हरि हुमागाईंको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन समावेश छ।