
काठमाडौः सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले जयबहादुर चन्दलाई आइजी बनाउने सरकारको निर्णय खारेज गर्न दिएको परमादेशको थप व्याख्यासहित पूर्ण पाठ आज सार्वजनिक गरेको छ।
प्रधान न्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले डिआइजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई गर्दै चन्दको नियुक्ति बदर गरेको थियो।
सो आदेशको संक्षिप्त पाठ चैत ८ गते नै सार्वजनिक भए पनि पूर्ण पाठ पछि तयार गरिने उल्लेख थियो।
सर्वोच्चको बृहत् पूर्ण इजलासले गरेको फैसलामा ‘२०६९ देखि २०७३ सम्मको चार वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कूल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति नवराज सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द भएको देखियो' उल्लेख छ।
तर सरकारले कार्य सम्पादन मूल्याङ्कनको कूल औसत अङ्कमा प्रकाश अर्याल पहिलो नम्बरमा रहेको भन्दै उनलाई आइजी बनाइसकेको छ।
अदालतले गरेको हिसाब र सर्वोच्चले गरेको हिसाब कसरी फरक पर्योक भन्ने चासोका बीच सर्वोच्चले आज आदेशको पूर्ण पाठ सार्वजनिक गरेको हो।
आदेशमा के छ? प्रतीक्षा गर्नुस् पहिलोपोस्टमा केही समय