PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

देउवाले भने, 'चुनाव हुन्छ भन्ने सोध्ने हैन, अब भइसक्यो'



पहिलोपोस्ट

देउवाले भने, 'चुनाव हुन्छ भन्ने सोध्ने हैन, अब भइसक्यो'

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले अब चुनाव भएसरह भएको बताएका छन्। आजको संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले चुनाव भइसक्यो भनेर बुझ्न आग्रह गरे।

'चुनाव हुन्छ हैन, अब चुनाव भइसक्यो,' चुनाव हुन्छ त भन्ने प्रश्नको जवाफ दिँदै देउवाले भने, 'अब चुनाव हुन्छ त भनेर प्रश्न नसोध्नुहोस्।' उनले चुनाव सुनिश्चित भइसकेकाले त्यस विषयमा शङ्का पैदा हुनेगरी समाचार सम्प्रेषण पनि नगर्न आग्रह गरे।

संविधान संशोधन विधेयक आजै निर्णयार्थ पेश गर्ने संसद्को कार्यसूची रहेपनि पूर्वसांसद नथ्थुनी सिंह दनुवारको निधनका कारण आजको संसद् बैठक शोक प्रस्ताव मात्र पारित गरेर २१ गतेसम्मका लागि स्थगित भएको छ।

संसद् स्थगित भएका कारण मधेसी मोर्चाले संशोधनअघि स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको मनोनयन भएकाले देउवासँग पत्रकारहरुले चुनावका विषयमा जिज्ञासा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell