PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

राप्रपामा समस्या छैन : कुन्ती शाही



पहिलोपोस्ट

राप्रपामा समस्या छैन : कुन्ती शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुन्ती शाहीले राप्रपामा बाहिर आएजस्तो समस्या नरहेको बताएकी छन्। उनले संसदीय दलमा रहेको अनुपस्थिति सामान्य भन्दै संशोधनका विषयमा दुई पक्षमा हुने विषयको खण्डन गरिन्।

'कोही कहाँ छु भन्छन् कोही कहाँ छु भन्छन्, त्यसलाई हामीले कसरी लिने?,' शाहीले भनिन्, 'व्यक्तिगत समस्या हुन्छन्, कोही आइसक्नुभयो, कोही आउँदै हुनुहुन्छ। पार्टीमा यस्तो केही समस्या छैन।'

शाहीले पार्टीको ह्वीपबारे सबै सांसदलाई जानकारी रहेको भन्दै संशोधनमा फ्लोर क्रस वा अनुपस्थितिको संभावना नरहेको बताइन्।

आज बसेको संसदीय दलको बैठकमा राप्रपका सांसदहरू रामकुमार सुब्बा, रेशम लामा, गीता सिंह, बविना मोक्तान लावती, विराज विष्ट, सहिन्द्र वान्तवा, राजेश्वरी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रमेश लामा अनुपस्थित थिए। शाहीले संसद् बैठक नबस्ने कारणले उनीहरुको अनुपस्थिति रहेको बताइन्।

प्रमुख सचेतक शाहीले सांसदहरुको अनुपस्थितिबारे खण्डन गरेपनि सांसदहरुले आफ्नो तयारी र अनुपस्थित हुने कारणसमेत बताइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell