PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

विशाल मेमोरियल गोल्डकपको उपाधी आर्मीलाई



राधेश्याम पटेल

विशाल मेमोरियल गोल्डकपको उपाधी आर्मीलाई

वीरगन्ज : विभागीय टोली नेपाल आर्मीले प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको छ। 

विशाल मेमोरियल फाउन्डेशन वीरगन्जद्वारा आयोजित प्रतियोगिताको शनिबार सम्मपन्न फाइनलमा सिएमजी क्लब संकटालाई २-० ले पराजित गर्दै आर्मीले वर्षको पहिलो नकआउट उपाधि जितेको हो।

गत वर्ष आर्मी संकटासँग तीनपटक फाइनलमा पराजित भएको थियो।

नारायणी रंगशालामा भएको खेलमा आर्मीलाई च्याम्पियन बनाउन प्रिन्स कार्कीले दुवै गोल गरे। प्रिन्स कार्की फाइनल खेलको म्यान अफ दी म्याच चुनिए।

च्याम्पियन आर्मीले उपाधीसंगै नगद ५ लाख सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता संकटाले २ लाख ५० हजार हात पार्‌यो।

फाइनलमा पराजित भएपनि संकटाका राज पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले उत्कृष्ट खेलाडीको ट्रफीसँगै सुजकी डिक्सर मोटरसाइकल हात पारे।

त्यसैगरी ,प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कष्ट डिफेन्डर संकटाका पिटर सेगुन, उत्कृष्ट मिडफिल्डर संकटाका विक्रम लामा, उत्कृष्ठ स्ट्राइकर आर्मीका जर्ज प्रिन्स कार्की तथा उत्कृष्ट कोच आर्मीका नविन न्यौपाने घोषित भए।

विधागत उत्कृष्ट सबैले १०/१० हजार नगद पुरस्कार प्राप्त गरे। फाइनलको म्यान अफ दि म्याच हुने कार्कीलाई आयोजकको ५ हजार र दर्शक मोहन सत्यालले ५ हजार गरी १० हजार पुरस्कार दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell