
काठमाडौं : उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री कमल थापाले सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावप्रति आपत्ति जनाएका छन्।
मन्त्री थापाले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस/माओवादीबाट प्रधानन्याधिशविरुद्ध महाअभियोग दर्ता हुनु आपत्तिजनक भनेका छन्।
'प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,' उनले ट्वीटमा लेखेका छन्, 'न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण।' थापाको ट्वीटले सत्ता साझेदारकाबीचमा पनि महाअभियोगले अविश्वास बढाउने संकेत गरेको छ।
प्र न्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण।न्यायिक स्वतन्त्रतामाथि गंभीर आक्रमण
— Kamal Thapa (@KTnepal) April 30, 2017