PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बाबुरामले भने, 'महाअभियोगको दुरुपयोगले लोकतन्त्र असुरक्षित'



पहिलोपोस्ट

बाबुरामले भने, 'महाअभियोगको दुरुपयोगले लोकतन्त्र असुरक्षित'

काठमाडौँ: नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‍मा दर्ता गरेको महाअभियोग प्रस्तावप्रति आपत्ति जनाएका छन्।

महाअभियोग दर्ता भएको केही समयमा नै सामाजिक संजालमा ट्वीट गर्दै भट्टराईले सरकारलाई महाअभियोगको दुरुपयोग गरेको आरोप लगाएका छन्। त्यस्तै, उनले महाअभियोगको दुरुपयोगले लोकतन्त्र कसरी सुरक्षित हुन्छ भन्दै प्रश्नसमेत गरेका छन्। उनले भनेका छन्, ‘महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र कसरी सुरक्षित?’

संयोजक भट्टराईको ट्वीटमा राज्यको अंग एकपछि अर्को गर्दै भत्काएर देशलाई असफल बनाउन लागेको बताएका छन्। उनले लेखेका छन्, ‘राज्यका सबै अंग एक पछि अर्को भत्काएर देशलाई असफल राज्य बनाउन लागेकै हो त?’ प्रधानन्यायाधीशले कार्यपालिका हस्तक्षेत्र गरेको लगायतका आरोप लगाउँदै आइतबार महाअभियोग पत्र दर्ता गराएको हो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell