PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

आइपीएल : दिल्ली ६७ रनमा अलआउट, पञ्जाव १० विकेटले विजयी



पहिलोपोस्ट

आइपीएल : दिल्ली ६७ रनमा अलआउट, पञ्जाव १० विकेटले विजयी

आइपीएल अन्तर्गत किंग्स एलेभेन पञ्जाव र दिल्ली डेयरडेभिल्सबीचको खेल हुनु अघि दिल्लीको बलिङ बेस्ट (उत्कृष्ट) र पञ्जावको बलिङ वर्स्ट (खराब) भनेर व्याख्या गरिएको थियो। 

तर दिल्लीको इनिङ्स सकिने बित्तिकै उक्त भनाइ गलत सावित भयो। 

कारण पञ्जावका बलरले टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीलाई १७.१ ओभरमा ६७ रनमा अलआउट गर्‌यो। 

जवाफमा पञ्जावले ७.५ ओभरमा लक्ष्य पूरा गर्दै १० विकेटको जित हासिल गर्‌यो। पञ्जावका बलरहरुले दिल्ली विरुद्ध गजवको बलिङ प्रदर्शन गरे। 

होम ब्वाय सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। वरुण आरोनले २ ओभरमा ३ रन मात्र दिएर २ विकेट झारे। यस्तै अक्सर पटेलले ४ ओभरमा २२ रन खर्चेर २ तथा कप्तान ग्लेन म्याक्सवेलले २ ओभरमा १२ रन दिएर १ विकेट लए। मोहित शर्माले १.१ ओभरमा ३ रन खर्चेर १ विकेट झारे।

दिल्लीका लागि कोरे एण्डरसनले सर्वाधिक १८ तथा करुण नायर र खगिसो रबाडाले ११/११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। नियमित कप्तान जाहिर खानको अनुपस्थितीमा नायरले दिल्लीको कप्तानी सम्हालेका थिए।

बलिङमा चम्केको पञ्जावका ओपनिङ ब्याट्सम्यानले नै ६८ रनको लक्ष्य ७३ बल अगावै कुनै विकेट नगुमाई पूरा गर्‌यो। पञ्जावको लागि मार्टिन गप्टिलले २७ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अर्धशकत बनाए। यस्तै हसिम अमलाले १६ रन जोडे।

जितपछि ९ खेलबाट ८ अंक जोडेको पञ्जाव अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ। यता ८ खेलमा छैटौँ हार बेहोरेको दिल्लीको ४ अंक मात्र छ र पूछारमा छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell