PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गृहमन्त्रीबाट राजीनामा दिएका निधिको अन्तर्वार्ता



रमेश वाग्ले

गृहमन्त्रीबाट राजीनामा दिएका निधिको अन्तर्वार्ता

नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको छ। आकस्मिक रुपमा दर्ता भएको महाअभियोग प्रस्ताको केही बेरमै उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिको राजिनामा पनि आकस्मिक रुपमै आएको छ। उनले किन गरे त राजिनामा यस विषयमा पहिलोपोस्टका रमेश वाग्लेले निधिसँग गरेको कुराकानी।

तपाईले राजीनामा दिनुभएको हो?
हो मैले राजीनामा दिएको हुँ। 

राजीनामा आफैले बुझाउनु भयो?
हैन, मैले प्रधानमन्त्रीलाई फोनबाट राजीनामाबारे जानकारी दिए। लिखित रुपमा मेरा स्वकीय सचिव विश्वास विक्रमले बुझाएका छन्। 

राजीनाको कारण के उल्लेख गर्नुभएको छ?
राजीनामा पदबाट राजिनामा दिएको हो। त्यसैले राजीनामामा कारण उल्लेख गरेको छैन। तर संविधानमा संशोधन गरी सबैको पक्षमा बनाउने र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहीरहने कुरा उल्लेख गरेको छु।

खासमा राजीनामा चै के कारण दिनुभयो त तपाईले?
मैले राजीनामा दिनुको कारण प्रधानन्यायाधिस सुशीलाकार्की माथि लगाएइको महाअभियोग नै हो। म प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने पक्षमा छैन र लगाउन हुँदैन भन्ने पक्षमा छु। 

किन लगाइयो महाअभियोग चै?
मैले महाअभियोगको कन्टेन्ट हेर्न पाएको छैन। तर मलाई के लाग्छ भने त्यो महाअभियोग आइजी प्रकरणमा अदालतले गर्ने फैसला रोक्नकै लागि लगाइएको हो। 

आइजीपी त तपाईको मातहतको कर्मचारी हैन, अनि तपाई त्यसमा संलग्न हुनुहुन्न?
हो आइजीपी मेरो मन्त्रालय मातहतको कर्मचारी हुन्। त्यस विषयमा यति ठुलो निर्णय गर्दा सभापतिजीसहित कसैले पनि मलाई जानकारी गराएको छैन। जम मेरो मातहतको एउटा कर्मचारीका विषयमा गरिने यति ठुलो निर्णयमा म बेखबर हुन्छु भने पदमा बसिरहन उपयुक्त हुँदैन। त्यसैले राजनीतिक जीवनलाई नैतिक रुपमा अघि बढाउन मैले राजीनामा गरेको हुँ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell