काठमाडौँ : सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्की महाभियोगबाट निलम्बनमा परेसँगै बरिष्टतम् न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधान न्यायाधीश बनेका हुन्।
साँझ पाँच नबज्दै कार्की निलम्बनमा परेकी थिइन्। रिक्त रहेको प्रधान न्यायाधीशमा पराजुली स्वत: कार्यवाहक बनेका हुन्। साँझ ७ बजेपछि पराजुलीले सर्वोच्चमा कार्यवाहक प्रधान न्यायाधीशको रुपमा पदभार सम्हालेका हुन्।
उनी २०७१ को बैशाख देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए।