PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

प्रिमियर लिग : चेल्सीलाई ७ अंकको अग्रता, दुवै म्यानेचष्टर बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सीलाई ७ अंकको अग्रता, दुवै म्यानेचष्टर बराबरीमा रोकियो

प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले दोस्रो स्थानको टोटनहममाथि पुन: ७ अंकको अग्रता बनाएको छ। 

आइतबार भएको खेलमा एभरटनलाई ३-० ले पराजित गर्दै चेल्सीले उपाधि यात्रा बलियो बनाएको हो। टोटनहमले आइतबारै छैटौँ स्थानको आर्सनलसँग घरेलु मैदान खेल्दैछ। 

चेल्सीको जितमा पेड्रो, विलियन र कप्तान ग्यारी काहिलले दोस्रो हाफमा गोल गरे। 

जितपछि चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम खेलेको टोटनहमको ७४ अंक छ।

चेल्सीले उपाधि यात्रा थप मजबुत बनाउँदा दुई म्यानचेष्टर क्लबले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। 

म्यानचेष्टर युनाइटेड स्वान्सीसँग घरेलु मैदानमै १-१ को बराबरीमा रोकिएको हो। त्यसपछि भएको खेलमा सिटी मिडल्स्ब्रोसँग २-२ गोलको बराबरीमा रोकिएको हो।  सिटीले दुई पटक पछि परेको अवस्था उल्टाउँदै अंक खोसेको हो।

अल्भारो नेग्रेडोले गोल गर्दै पहिलो हाफमा घरेलु टोली मिडल्स्ब्रोलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा सर्जियो अगुएरोले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। कलुम च्याम्बर्सले गोल गर्दै मिडल्स्ब्रोलाई पुन; अग्रता दिलाए तर गाब्रिएल जेससले खेल सकिन ५ मिनेट अगाडी गोल गरेपछि सिटी अंक खोस्न सफल भएकव हो।

यता युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा कप्तान वायन रुनीको पेनालटी गोलमार्फत पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो। तर ७९औं मिनेटमा गिल्फी सिगुरसनले फ्रिकिकमार्फत गोल गरेपछि युनाइटेड अंक बाँड्न बाध्य भयो।

बराबरीमा रोकिएपछि सिटीको ३४ खेलबाट तेस्रो स्थानको लिभरपुन ६६ अंक भएको छ भने युनाइटेडको ६५ अंक भएको छ। गोल अन्तरका आधारमा लिभरपुल तेस्रो तथा सिटी चौथो स्थानमा छ। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell