PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सुशीलालाई महाभियोग दर्ता पछि सेनाको आकस्मिक बैठक, सुरक्षा सतर्कताको निर्णय



पहिलोपोस्ट

सुशीलालाई महाभियोग दर्ता पछि सेनाको आकस्मिक बैठक, सुरक्षा सतर्कताको निर्णय

काठमाडौँ : नेपाली सेनाले प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि आकस्मिक बैठक गरेको छ। सेनाको पि एस ओज को बैठकले मुलुकको सुरक्षा अवस्थाबारे बैठक गरेको हो। 

नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भएको बैठकमा देशमा विकसित घटनाक्रमबारे समिक्षा भएको उल्लेख छ। निर्वाचनका लागि गत १५ गते देखि नेपाली सेना परिचालन भैसकेको छ। 

सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ – 'वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समिक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell