.jpg)
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थामा सवै श्रमिक कएै ठाउँमा अटाउने र अधिकार सुनिश्चितलाई एकै सुत्रमा बाँध्ने विश्वास व्यक्त गरेकी छन्। मजदुर दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न लोकतान्त्रिक व्यवस्था सहयोगी हुने विश्वास व्यक्त गरेकी हुन्।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको सम्मानमा संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको शुभकामनामा उल्लेख गरेकी छन्।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म रूपान्तरण सम्भव नभएको बताएका छन्। मजदुर दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले स्वदेशमा रोजगारीको प्रर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागेको बताएका छन्।