PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पर्सामा आगलागी, ६ वटा घर जल्दा २० लाखको क्षति



राधेश्याम पटेल

पर्सामा आगलागी, ६ वटा घर जल्दा २० लाखको क्षति

वीरगञ्ज : पर्साको प्रसौनीभाठामा हिजो राति आगलागी हुँदा ६ वटा फुसको घरगोठ जलेर नष्ट भएका छन्। 

आगलागी परी सुखल गद्दीको ३ वटा, दिनानाथ बैठाको दुई वटा र विनोद बैठाको एउटा घर जलेर नष्ट भएको स्थानीय शिक्षक बब्लु गद्दीले जानकारी गराए।

आगलागीबाट सबैभन्दा बढी क्षति सुखद् गद्दीको भएको उनले बताए। घरमा रहेको अन्न, भाँडाकुडा, लत्ताकपडा, काठ, गरगहना गरी अन्दाजी २० लाख बराबरको क्षति भएको आगलागी पीडितहरुको भनाइ छ।

लामखुट्टे धपाउन गोठमा बालिएको घुरबाट आगो सल्किएर घर जलेको प्रहरीले जनाएको छ। आगो स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बेस क्याम्प अमरपट्टी र प्रहरी चौकी प्रसौनीका सुरक्षाकर्मी मिलेर नियन्त्रणमा लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell