PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केवाज पुरन र दिपक पराजित



पहिलोपोस्ट

एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केवाज पुरन र दिपक पराजित

काठमाडौं : एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका नेपालका दुई मुक्केवाजद्धय पुरन राई र दिपक श्रेष्ठ आइतबार पराजित भएका छन्। 

उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा नेपालका पुरन राईले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सफलता हात पार्न सकेनन्। तीन राउण्डसम्म प्रतिस्पर्धा गरेका मुक्केवाज पुरन अंकका आधारमा ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसँग अंकका आधारमा पराजित भएका थिए। 

अर्का मुक्केवाज दिपक श्रेष्ठ ६४ केजी तौल समूहमा इरानका खेलाडि अरमास इस्माइलसग अंककै आधारमा पराजित भए। दिपकले पनि तीन राउण्डसम्म मुक्का प्रहार गरेपनि सफलता हात पार्न सकेनन्। 

एशियाका २८ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता वर्ल्ड च्याम्पिसनशिपको छनोट चरणको खेल समेत भएकाले नेपाली मुक्केवाजले सो अवसर गुमाएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell