PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महाभियोग स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप : बार अध्यक्ष केसी



पहिलोपोस्ट

महाभियोग स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप : बार अध्यक्ष केसी

काठमाडौँ : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको बताएको छ। सत्तारुढ दलहरुले संसदमा दर्ता गरेको प्रस्ताव न्यायपालिकाको मर्म माथिको प्रहार भएको बार अध्यक्ष शेरबहादुर केसीले बताए। 

पहिलोपोस्टसँगको कुराकानीमा केसीले भने ‘इतिहासमा नै पहिलो पटक न्यायपालिकामाथि दुखद् प्रहार भएको हो’ उनले भने ‘राजनीतिक दलहरुले न्यायपालिकाको मर्म र भावना बुझेनन् ।’

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सासंद्को हस्ताक्षरमा प्रधानन्यायाधीशमाथि आइतबार प्रस्ताव दर्ता भएको थियो। कार्कीमाथि कार्यपालिकाको क्षेत्रधिकारमा प्रवेश गरेको, न्यायपालिकाका गुट सिर्जना गरेको लगायतका अभियोग लगाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell