
प्रिमियर लिग अन्तर्गत नर्थ लण्डन डर्बी खेलमा आइतबार टोटनहमले आर्सनललाई २-० ले पराजित गरेको छ। टोटनहमलाई उपाधि होडमा कायमै राख्न डेले अली र ह्यारी केनले दोस्रो हाफमा एक/एकम गोल गरे।
जितपछि दोस्रो स्थानको टोटनहमले शीर्ष स्थानको चेल्सीसँग अंक दुरी पुन: ४ मा झारेको छ।
घरेलु मैदान ह्वाइट हार्ट लेनमा डेलेल अलीलले ५५औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसको ३ मिनेटपछि केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे।
डर्बीमा जित हासिल गरेसँगै टोटनहमले २२ वर्ष पछि आर्सनल भन्दा अगाडी रहदै प्रिमियर लिग टुङ्गाउने भएको छ।
लिगमा अब ४ खेल मात्र बाँकी रहदा चेल्सी ८१ अंकका साथ शीर्ष स्थानमा छ भने टोटनहम ७७ अंकसहित दोस्रोमा छ।
यस्तै समान ६६ अंक जोडेका लिभरपुल र म्यानचेष्टर सिटी क्रमश: तेस्रो र चौथोमा छ। ६५ अंक रहेको म्यानचेष्टर युनाइटेड पाँचौ तथा टोटनहमसँग हारेको आर्सनल छैटौँमा छ। अन्य टोलीले भन्दा एक खेल कम खेलेको आर्सनलको ६० अंक छ।