PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

आइपीएल : वार्नरको शतकमा सनराइजर्सको जित, कोलकता ४८ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : वार्नरको शतकमा सनराइजर्सको जित, कोलकता ४८ रनले पराजित

डेभिड वार्नरले आइपीएल करियरको तेस्रो शतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले आइतबार भएको खेलमा कोलकता नाइट राइडर्सलाई ४८ रनले पराजित गरेको छ। 

हारका बावजुत पनि १० खेलबाट १४ अंक झोडेको कोलकता अंक तालिकामा शीर्ष स्थानमा छ। ९ खेलबाट १४ अंक नै रहेको मुम्बई रनरेटमा दोस्रोमा छ। १० खेलबाटै १३ अंक जोडेको सनराइजर्स तेस्रोमा यथावत छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले वार्नरको शतक मद्दतमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। साविक विजेता समेत रहेको हैदरावादले यस सिजन दुई सय भन्दा बढी स्कोर गरेको यो तेस्रो खेल हो। 

कप्तान वार्नरले ५९ बल खेल्दै १० चौका र ८ छक्काको मद्दतमा १२६ रन बनाए। आइपीएलमा यो सिजनको तेस्रो शतक पनि हो। यसअघि दिल्लीका सन्जु सामसन र पञ्जावका हसिम अमलाले शतक प्रहार गरेका थिए।

यस्तै वार्नरले सन् २०१० र २०१२ मा दिल्लीका लागि शतक प्रहार गरेका थिए।

वार्नरले पहिलो विकेटका लागि १२.४ ओभरमै शिखर धवनसँग १३९ रनको साझेदारी गरे। धवनले २९ रन झोडे। यस्तै केन विलियमनसले २५ खल्दै ५ चौकाको मद्दतमा ४० रन बनाए।

कोलकताका युसुफ पठान, सुनिल नरिन र क्रिस वोक्स सबैभन्दा महँगा बलर सावित भए। ४ ओभर बलिङ गरेका वोक्सले ४४ रन खर्चेर १ विकेट हात पारे। यस्तै १ ओभर मात्र बलिङ गरेका पठानले १७ रन दिए। नरिनले ३ ओभरुमा ३७ रन दिए। 

जावफमा २१० रनको लक्ष्य पछ्याएको कोलकताले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो। १२ रन हुँदा सुरुवाती दुई विकेट गुमाएको कोलकताको नियमित रुपमा विकेट झर्‌यो।

कोलकताका रोविन उथापाले सर्वाधिक ५३ तथा मनि पाण्डेले ३९ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन। बलिङमा हैदरावादलका भुवनेश्वर कुमार, मोहम्मद सिराज र सिद्धार्थ कउलले २-२ विकेट लिए।
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell