PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

निर्वाचनको सुनिश्चितताका लागि दवाब सिर्जना गर्न नागरिक समाजको अपिल



पहिलोपोस्ट

निर्वाचनको सुनिश्चितताका लागि दवाब सिर्जना गर्न नागरिक समाजको अपिल

झापाः निर्धारित मितिमै स्थानीय तहको निर्वाचनको सुनिश्चितताको लागि देशव्यापीरुपमा दवाब सिर्जना गर्न झापाका नागरिकले अपिल गरेका छन्।

झापाका विभिन्न सामाजिक संस्था तथा नागरिक अगुवाहरुले सोमबार सबै राजनीतिक दल, नेपाल सरकार र निर्वाचन आयोग समक्ष तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न माग गरेका हुन्।

संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको झापाली नागरिक समाजसँगको छलफलमा सहभागीहरुले निर्धारित मितिमै चुनाव गर्न माग गर्दै त्यसका लागि नागरिक तहबाट सशक्त दवाबको आवश्यकता औंल्याए। 

‘चुनाव सार्ने र नगर्ने बाटोमा देशलाई लगियो भने गम्भीर राजनीतिक दुर्घटना निम्त्याउँछ’– अपिलमा भनिएको छ– ‘जनतालाई भोट हाल्ने अवसर दिनुको सट्टा अवसर खोस्नलाई प्रयास भएको देखिनु दुःखद् हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell