PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

महानगरले ल्यायो अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने प्रणाली



पहिलोपोस्ट

महानगरले ल्यायो अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने प्रणाली

काठमाडौँ: नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ।

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो। अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकामा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए। यस व्यवस्था भएसँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ।

यसअघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले हुने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा आउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन्। घरबाट नै नक्सा पासका लागि दर्ता र पास भएको नक्सा लिन पाउनेछन्।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ केही प्राविधिक समस्या समाधान हुनेबित्तिकै छिट्टै काम सुरु हुन्छ।

यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell