काठमाडौँ : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सभामुख ओनसरी घर्ती तथा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाभियोग तयारीको हल्ला निराधार भएको बताएका छन्।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि एमालेले सभामुख र कामु प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने तयारी भएको चर्चा चलेका थिए।
सचिव ज्ञवालीले ट्विट लेख्दै हल्ला निराधार भएको बताएका छन्। ज्ञवालीले लेखेका छन् ‘ एमालेले अर्को महाभियोग तयारी गर्दैछ भनेर चलाइएको हल्ला सम्पूर्ण रूपले निराधार हो।’
एमाले संसदीय दलका आइतबार साँझ नेपाल बारको पूर्वअध्यक्ष शम्भु थापा, उपाध्यक्ष टीकाराम भट्टराई लगायतका कानुन व्यवसायीसँगको छलफल सो तयारी भएको चर्चा चलेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान पनि परामर्श भने भएको थियो।