PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

'प्रेमगीत २' पछि 'म यस्तो गीत गाउँछु' को शीर्ष गीत सार्वजनिक



पहिलोपोस्ट

'प्रेमगीत २' पछि 'म यस्तो गीत गाउँछु' को शीर्ष गीत सार्वजनिक

काठमाडौं: २०७२ मा सार्वजनिक फिल्म 'प्रेमगीत' प्रेमगीत बोलकै शीर्ष गीतका कारण चर्चामा आयो। फिल्म प्रचारका लागि मात्र होइन फिल्म निर्देशक सुदर्शन थापा, नायक प्रदीप खड्का र नायिका पुजा शर्मालाई पनि दर्शकमाँझ चिनिन मद्दत गर्यो। २०७३ मा भएको प्राय: अवार्डमा संगीत, गीत वा कोरियोग्रफी कुनै न कुनै अवार्ड हात पनि पार्यो। एउटा म्युजिकल लभ स्टोरीको राम्रो टिम अप भएको थियो प्रेमगीतमा।

फिल्मको सिक्वेलमा भने निर्माण युनिटको टिम दोहोरिएन। सन्तोष सेनको निर्माणमा निर्देशक रामशरण पाठकले प्रेमगीतको सिक्वेल बनाउने भए। त्यस्तै सुदर्शन थापा पनि पछि भने हटेनन्। उनले फिल्मको हिट गीतको लिड लाइन लिएर फिल्म 'म यस्तो गीत गाउँछु' घोषणा गरे। सुदर्शन थापाको निर्देशनमा फिल्म बन्ने भयो। जसमा निर्माता रहे निर्देशक स्वयंम र प्रेमगीत अभिनेत्री पूजा शर्मा। अभिनेती पल शाह र पूजा शर्मामाको मुख्य अभिनयमा फिल्म प्रोडक्शनको काम पनि सक्किएको छ। असार ३० को रिलिज टार्गेट सहित फिल्मको प्रचार सुरु भएको छ।

प्रचार अस्तुको रुपमा फिल्मको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। निर्देशक सुदर्शन थापाको लागि फिल्म आफैसँगको चुनौती मान्न सकिन्छ। म्युजिकल लभ स्टोरी जानराको फिल्मका लागि उनले गीत र संगीत चयनमा पनि मिहेनत गर्न आवश्यक थियो। जसका लागि थापा स्वयंमले गीत लेखे। सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको त्यो गीत आइतबार सार्वजनिक गरिएको हो। गीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन्। गीतमा मुख्य दुई कलाकारको फिचरिङ रहेको छ। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्।

घोषणा, छायाँकनदेखि रिलिज टार्गेटसम्म फिल्मी फ्लोरको प्रतिस्पर्धामा रहेको फिल्म प्रेम गीतको शीर्ष गीत भने केही अघि नै सार्वजनिक भएको हो। अप्रिल १२ मा सार्वजनिक 'कथा यो प्रेम गीत' बोलको गीतमा गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले स्वर दिएका छन्। कल्याण सिंहको संगीत रहेको गीत मेल र फिमेल दुई भर्सन छुट्टाछुट्टै तयार हुँदैछ। गीतमा अमृत मरहठ्ठाले शब्द दिएका छन्। क्षेत्रीका लागि प्रेमगीत २ पहिलो पार्श्वगायन हो।

अन्तरदेशीय प्रेमकथा बुनिएकाले फिल्मको लागि तयार भएको गीतमा थाइल्यान्डको सांगीतिक थिमको प्रयोग भएको संगीतकार सिंहले बताए। फुटेले टिमले बनाएको यी दुई फरक फिल्मलाई प्रतिस्पर्धी मान्न सकिन्छ।

'म्युजिकल लभ स्टोरी' भन्ना साथ फिल्मको कथा र सांगीतिक पक्षलाई पनि दर्शक साथै स्रोताले रुचाउन आवश्यक छ। केही दिनको फरकमा सार्वजनिक भएका यी दुई मध्ये कुन चाँहि गीतले मिट गर्ला 'म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्'को अपेक्षा?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell