PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

ओली-प्रचण्ड आधा घण्टा वान टु वान वार्ता, के भयो कुराकानी?



पहिलोपोस्ट

ओली-प्रचण्ड आधा घण्टा वान टु वान वार्ता, के भयो कुराकानी?

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आधा घण्टा वान टू वान वार्ता भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई नेताबीच १ बजेदेखि साढे १ बजेसम्म छलफल भएको हो। भेटपछि प्रधानमन्त्री प्रचण्डले निर्वाचनका विषयमा कुराकानी भएको बताए। प्रधानमन्त्री प्रचण्डले सुशीला कार्कीमाथिको महाभियोगको विषयमा अप्रत्यक्ष रुपमा धारणा दिए।

'नियम कानुन र पक्रिया अनुसार चिज (महाभियोग) अगाडि बढ्छ', उनले भने।

प्रचण्डले एमाले अध्यक्ष ओलीसँग निर्वाचन सम्पन्न गर्ने वातावरण बनाएर जाने कुराकानी भएको दाबी गरे।

'बजेट, निर्वाचन मितिसँग सम्बन्धित विषय हुन्, उहाँले आफ्ना विषय राख्नुभयो', प्रचण्डले भने, 'समझदारीबाट नै समस्याको समाधान हुन्छ। निर्वाचन वैशाख ३१ गते नै हुन्छ। भोलि नोमिनेशन हुन्छ।'

एमालेको स्थायी समिति बैठकको ठीक अगाडि ओली र प्रधानमन्त्री प्रचण्डको भेट भएको हो।

तर एमाले नेताहरुका अनुसार कार्यबाहक प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीका विषयमा महाभियोगबारे कांग्रेस र माओवादीसँग एमालेले छलफल गरेको हो।

एमालेले ५६ दिनभित्र यदि गोपाल पराजुली हट्ने हो भने महाभियोग नलगाउने सूचना कांग्रेस र माओवादीलाई दिएको स्रोतको दाबी छ। पराजुलीको विषयमा उमेर हदको विवाद रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell