PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

१२ वर्षको उमेरदेखि नै तौल घटाउन सुरु गरेकी थिइन् परिनितीले



पहिलोपोस्ट

१२ वर्षको उमेरदेखि नै तौल घटाउन सुरु गरेकी थिइन् परिनितीले

बिबिसी
बलिउड फिल्म 'लेडिज भर्सेस रिकिबेल', 'इशकजादे' फिल्मबाट बलिउडमा दमदार इन्ट्री गर्ने परिनिती चोपडाले सन् २०१४ 'किल दिल' फिल्मपछि करियरमा ब्रेक लिइन् र दर्शकाका ला गिसर्प्राइज लिएर आइन्।

उनी फरक लुक्सका देखिइन्। उनले मोटो भनिएको शरीरको तौल धेरै घटाएर गरेको कम ब्याक सँगै भनिन्,'मेरो लुक्सको परिवर्तन म अभिनेत्री हुनुको माग मात्र होईन मेरो व्यक्तिगत आवश्यकता पनि हो।'

बिबिसी हिन्दिसँग कुरा गर्दै उनले भनिन्,'हिरोइनलाई राम्रो देखिन आवश्यक हुन्छ। तर त्यो भन्दा महत्वपुर्ण त स्वास्थ्य हो।'

चोपडाका अनुसार उनले बाह्र वर्षको उमेर देखी आफ्नो तौल घटाउन सुरु गरेकी हुन्। '२२, २३ वर्षको उमेरमा त बढी तौल सहितनै अभिनेत्री बन्ने मौका मिल्यो। त्यसैले तौल घटाउन कै लागि १० महिनको ब्रेक लिनु पर्यो। तर मैले पर्दामा राम्रो देखिनका लागि मात्र तौल घटाएको भने होईन।'

तर तौल घट्नुको श्रेय भने उनी बलिउडलाई नै दिन्छिन्। भनिन्,'इन्डस्ट्रीले दवाव नदिएको भए मैले आफ्नो तौल घटाउन सक्दिन थें सायद।' 

दिदी प्रियङ्का चोपडाको अभिनय कलाबाट प्रभावित रहेको बताउने उनी फिटनेशको ला गि विदेशी अभिनेत्रीहरुको टिप्स पढ्ने गरेको सुनाउँछिन्। अभिनेत्री सँगै गायिका पनि बनेकी परिनितीले आफ्नो आगामी फिल्म 'मेरी प्यारी बिन्दु'को गीतमा स्वर दिंदै छिन्।

आउँदो मे १२ बाट प्रदर्शनमा आउने फिल्ममा आयुष्मान खुरानाले उनीसँग स्क्रिन सियर गर्दैछन्। फिल्म यशराज पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell