PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक, यस्ता छन् योजना



पहिलोपोस्ट

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक, यस्ता छन् योजना

काठमाडौं: नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। चुनावी घोषणापत्रमा एमालेले महत्वाकांक्षी योजना समावेश गरेको छ।

उसले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई जोडेर मेघा सिटी बनाउने घोषणा गरेको छ। त्यसैगरी तीन वर्षमा एक घर एक रोजगारीको व्यवस्था गर्ने बताएको छ। त्यस्तै, पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता बढाएर पाँच हजार पुर्‍याउने बताएको छ। पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्‍याउने, २५ वर्षमा देशलाई विकसित मुलुक बनाउने, सबैतिर सडक संजाल पुर्‍याउने, कृषिमा आधुनीकरण गर्ने योजना अघि सारेको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell