PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

एमालेको घोषणापत्रमा खेलकुद : उपत्यकामा ५० हजार सिट क्षमताका तीन अन्तर्राष्ट्रिय रंगशाला बनाउने



पहिलोपोस्ट

एमालेको घोषणापत्रमा खेलकुद : उपत्यकामा ५० हजार सिट क्षमताका तीन अन्तर्राष्ट्रिय रंगशाला बनाउने

काठमाडौं : यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक पार्टीहरुले घोषणापत्र सार्वजिनक गर्ने क्रम जारी छ।

नेकपा एमालेले पनि सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजिनक गरेको छ। जसमा 'सक्षम खेलाडी : प्रतिस्पर्धी खेलकुद' शीर्षकमा खेलकुदका लागि ६ वटा बुँदा उल्लेख गरिएको छ।

सार्वजिनक घोषणापत्र अनुसार राजधानीको काठमाडौं, भक्तपुर र ललितपुरमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला निर्माण गर्ने उल्लेख छ।

यस्तै प्रत्येक प्रदेश सदरमुकाममा एक अत्याधुनिक साधन सम्पन्न खेलग्रामसहितका अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने छ। 

घोषणापत्र अनुसार राजधानीमा एक खेलकुद विश्वविद्यालयन प्रदेश सदरमुकाममा खेलकुद आवासीय विद्यालय तथा महाविद्यालय सञ्चालन गरिने छ।

एमालेको घोषणापत्रमा खेलकुद - यस्तो छ व्यवस्था
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell