PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

खेलकुद मन्त्री भन्छन्– 'खेलाडीका लागि छुट्टै अस्पताल निर्माणको काम अघि बढाएका छौं'



पहिलोपोस्ट

काठमाडौँ: युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीका लागि छुट्टै अस्पताल निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन्।

नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको तेक्वान्दो प्रशिक्षण कार्यक्रममा मन्त्री श्रीपाइलीले खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको बताएका हुन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले अनाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताए। प्रशिक्षणमा विभिन्न आठ संस्थाका २५० बालबालिकालाई तालिम दिइने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell