PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

नेपाली पर्दामा बाहुबली सिक्वेलको यस्तो हुँदै छ व्यापार



पहिलोपोस्ट

नेपाली पर्दामा बाहुबली सिक्वेलको यस्तो हुँदै छ व्यापार

काठमाडौं: बलिउड बक्स अफिसमा धमाकेदार सुरुवात गरेको फिल्म 'बाहुबली द कनक्लुजन'ले नेपालमा पनि राम्रो व्यवसाय गरेको छ। बाहुबली २ गोपी कृष्ण मुभिजले नेपालमा भित्र्याएको हो।

गोपिकृष्णका तिर्थ पौडेलका अनुसार बाहुबली सिक्वेलले देशभरका एक सय तिस पर्दाबाट ५ करोड ४० लाख नेट कलेक्शन गरेको हो। बाहुबली २ का कारण यो हप्ता सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा अन्य नयाँ तथा पुरानो फिल्मले शो पाएका छैनन्। पछिल्लो चार दिनसम्मको शोहरु हाउसफूल रहदै आएका छन्।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोडको ग्रस कलेक्शन गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell