PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, बुधबारदेखि मौसममा सुधार आउने



पहिलोपोस्ट

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा, बुधबारदेखि मौसममा सुधार आउने

काठमाडौँ: पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्षा भएको छ।

पश्चिमी वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

उनले आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्वतिर गइरहेको छ, बुधबारदेखि मौसममा सुधार आउने बताए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउसोदेखि सुदूरपश्चिम र मध्यपश्चिममा मौसम सफा रहनेछ, भने काठमाडौँ उपत्यकालगायत मध्य र पूर्वी भेगमा बेलुकीबाट क्रमिकः सुधार आउनेछ।

पूर्वी नेपालमा भने मङ्गलबार पनि यसको असर रहनेछ। ती क्षेत्रमा दिउसो मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताए। यो प्रणाली तीन÷चार दिनदेखि रहे पनि आइतबारदेखि यसको असर नेपालमा परेको हो।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा १८, दाङमा १४, विराटनगरमा १० र काठमाडौँमा चार मिलिमिटर बर्षा भएको छ।


मौसमको वेबसाइट नै बिग्रियो
मुलुकको मौसमबारे जानकारी दिने निकाय मौसम पूर्वानुमान महाशाखाको वेबसाइट केही दिनयता सञ्चालनमा छैन। सर्भरमा समस्या आएपछि चार दिनदेखि वेबसाइट नचलेको महाशाखाले जनाएको छ ।

महाशाखाको वेबसाइटमा तीन दिनसम्मको मौसम पूर्वानुमान विवरण राखिने गरिन्थ्यो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell