PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

नयाँ शक्तिको घोषणापत्रमा खेलकुद : अन्तर्राष्ट्रिय रंगशालादेखि फुटसल मैदान बनाउनेसम्म



पहिलोपोस्ट

नयाँ शक्तिको घोषणापत्रमा खेलकुद : अन्तर्राष्ट्रिय रंगशालादेखि फुटसल मैदान बनाउनेसम्म

काठमाडौं : यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक पार्टीहरुले घोषणापत्र सार्वजिनक गर्ने क्रम जारी छ। यसै क्रममा नयाँ शक्ति पार्टी, नेपालले चुनावी घोषणापत्र सार्वजिनक गर्दै हरेक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनेदेखि प्रत्येक वडामा फुटसलसहितको खेल मैदान बनाउने उल्लेख छ। 

नयाँ शक्त पार्टीले अरु पार्टीभन्दा फरक शैलीमा ५ वर्ष, १५ वर्ष र २५ वर्षपछि हासिल गर्न सक्ने गरी खेलकुदका लागि व्यवस्था गरेको छ।

५ वर्षमा हासिल गरिने सूचाङ्क
खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला, एक खेलकुद महाविद्यालय, प्रत्येक प्रदेशमा १/१ वटा रंगशाला बनाउने।

१५ वर्षमा हासिल गरिने सुचाङ्क
खेलकुदको विकासको लागि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, हरेक नगरपालिकामा खेलकुद महाविद्यालय र १/१ वटा रंगशाला, एक गाउँ एक खेल मैदान बनाउने।

२५ वर्षमा हासिल गरिने सुचाङ्क
विकसित देशमा खेलाडीहरुलाई दिइने सुविधा नेपाली राष्ट्रिय खेलाडीहरुलाई दिने, खेलकुदको विकासको लागि आवश्यकता अनुरुप भौतिक पूर्वाधारहरुको विकास गर्ने।

यस्तै क्षेत्रगत विकासअन्तर्गत अत्याधुनिक पूर्वाधारहरुको विकास गर्ने लक्ष्यका साथ प्रदेशहरुमा एक/एक प्रादेशिक रंगशालाहरु बनाउने उल्लेख छ।

युवा जनशक्ति विकास कार्यक्रमअन्तर्गत खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहनमूलक कार्यक्रमहरुको व्यवस्था गरिनेछ।

महा/उपमहा/नगरपालिका केन्द्रित गरी शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका पूर्वाधारअन्तर्गत नगरपालिकाको साइज हेरेर हरेक नगरपालिकामा एक/एक रंगशाला निर्माण गरिने उल्लेख छ। साथै हरेक वडामा फुटसल सहितको एक/एक खेलकुद मैदान बनाइनेछ।

गाउँपालिका केन्द्रित कार्ययोजनामा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रअन्तर्गत गाउँपालिकामा एक खेलकुद मैदान बनाइनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell