PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एनसेलको 'फ्रि फेसबुक योजना' बन्द हुने



पहिलोपोस्ट

एनसेलको 'फ्रि फेसबुक योजना' बन्द हुने

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले 'फ्रि फेसबुक योजना' बन्द गर्ने भएको छ।

एनसेलले आज सूचना जारी गर्दै यही वैशाख १९ गतेदेखि निशुल्क सेवा बन्द हुने जनाएको हो। लामो समयसम्म ट्विटर तथा विकिपिडिया सेवा निशुल्क गराउँदै आएको एनसेलले केही समय यता फेसबुक सेवा पनि  निःशुल्क उपलब्ध गराएको थियो।

एनसेलले गत चैत १२ गतेदेखि निशुल्क ट्विटर तथा विकिपिडिया सेवा पनि बन्द गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell