PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बजेट पछाडि निर्वाचन गरे सहभागी हुने नहुने सोच्नुपर्छ : ओली



सविन ढकाल

बजेट पछाडि निर्वाचन गरे सहभागी हुने नहुने सोच्नुपर्छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठको दोस्रो साता अगाडि नै स्थानीय तहको दुवै चरणको निर्वाचन गर्न सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष ‌ओलीले जेठ १५ मा नै बटेज आउनु पर्ने र त्यो भन्दा अगाडि निर्वाचन सम्पन भइसक्नु पर्ने बताएका हुन्।  

पार्टीको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ‌ओलीले बजेट अगाडी र पछाडि गरी दुई चरणमा निर्वाचन गरे निर्वाचनमा सहभागी हुने नहुने कुरामा पनि सोच्नु पर्ने बताए।

उनले भने 'धाँधलीपूर्ण रुपमा जान खोजे एमालेले सरकारका सबै धाँधली स्वीकार गर्दैन'  सरकारले डिआइजी नवराज सिलवालले बुझाएको कासमु फाइलको फरेन्सीक ल्याब रिपोर्ट आफू अनुकुलको ल्याएको भन्दै यस्तो सरकारले गराउने निर्वाचनमा मतपत्रको सुरक्षा हुनेमा विश्वाश गर्न नसकिने बताए।

'दुनियाँलाई राजनितिक र मनोवैज्ञानिक त्रास देखाउने सरकारले महिना दिनसम्म कसरी मतपत्र सुरक्षित गर्ला?' उनले एक महिनासम्म आफ्ना कार्यकर्तालाई मतपत्र सुरक्षाको लागि खटाउन नसकिने दावी गरे। सरकारले पहिलो चरणको निर्वाचन गरेर बजेट विचमा बजेट ल्याएर दोस्रो चरणको निर्वाचन गराउने तयारी गरिरहेको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell