
धनगढी : आगामी बैशाख २१ गतेदेखि अत्तरीयामा आयोजना हुने देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिने छन्। धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै खेल तालिका समेत सार्वजनिजक गरेको छ।
महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराहीका प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ। खेलहरु अत्तरियास्थित एपीएफको क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा सहभागि ६ टोलीलाई दुई समूहमा विभागन गरिएको छ। समुह ए मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छन्।
समुह बी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र बारा क्रिकेट एकेडेमी रहेका छन्।
वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन। उद्घाटन र समापनको दिनमा बाहेक अन्य दिनमा दुई वटा खेल हुने छ।
लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। समुह ए को विजेताले समुह बी को उपविजेता तथा समुह बी को विजेताले समूह ए को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।
करिव २५ लाख रुपैयाँ खर्च हुने टि-२० को विजेताले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उप विजेताले १ लाख हात पार्नेछ।
प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र वेस्ट विकेटकिपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ त्यस्तै हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन्।