PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

ट्रमा सेन्टर जानुस्– ‘शल्यक्रियाका लागि लामो समय कुर्नु पर्दैन’



पहिलोपोस्ट

ट्रमा सेन्टर जानुस्– ‘शल्यक्रियाका लागि लामो समय कुर्नु पर्दैन’

काठमाडौँ: अब समय नपाएका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खनु नपर्ने भएको छ।

ट्रमा सेन्टरले वैशाख ५ गतेबाट ‘विस्तारित अस्पताल सेवा’ (इएचएस० अन्तर्गत नियमित समयपछि साँझ ५ देखि बेलुका ९ बजेसम्म शल्यक्रिया गरिरहेको छ।

नियमित रुपमा दैनिक १२ वटासम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप चारवटासम्म शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

विस्तारित सेवा सुरु भएपछि आइतबारसम्म ३० जनाले शल्यक्रिया गराइसकेका छन्।

सेन्टरका कर्मचारी अश्विन बरालले नियमित बहिरङ्ग सेवा अर्थात् ओपिडी नै बिहान ९ देखि ५ बजेसम्म भएकाले हाललाई शल्यक्रिया सेवा विस्तार गरिएको जानकारी दिए।

अस्पतालमा दैनिक करिब दुई सय बिरामी ओपिडी सेवामा उपचारका लागि आउँछन्।

ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा विप्लव सापकोटाले विस्तारित सेवाले बिरामीलाई लामो समय कुरेर शल्यक्रिया गर्नुपर्ने झन्झटबाट मुक्ति दिने बताए।

विशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित हुने गर्छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell