PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अवालेको लाइसेन्स फुकुवाका लागि प्राधिकरणलाई निगमको निवेदन



उमेश पौडेल

अवालेको लाइसेन्स फुकुवाका लागि प्राधिकरणलाई निगमको निवेदन

काठमाडौं: अवैध अमेरिकी डलरसहित पक्राउ परेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटेलगत्तै निगमले उनको निलम्बित लाइसेन्स फुकुवा गरिदिन नेपाल नागरिक उड्ययन प्राधिकरणमा निवेदन दिएको छ।

काठमाडौंबाट दुबई उडानका लागि विमानस्थल पुगेका पाइलट अवाले अवैध ९३ हजार ६ सय अमेरिकी डलरसहित चैत २८ मा पक्राउ परेका थिए। त्यसपछि बैशाख तीन गते ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा छुटेका अवालेलाई पुनः जहाज उडाउन दिन निगमले प्राधिकरणमा निवेदन दिएको हो ।

निगम व्यवस्थापनले आइतबार प्राधिकरणलाई लेखेको चिठ्ठीमा धरौटीमा रिहा भइसकेका व्यक्तिलाई उडान अनुमति रोक्नु ठीक नभएको भन्दै फुकुवा गरिदिन आग्रह गरेको छ। अवालेको लाइसेन्स फुकुवाका लागि आएको निगमको पत्रबारे छलफल भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए

मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कुनै निर्णय नलिने र भविष्यमा पर्ने कानुनी कठिनाईको समेत ख्याल गरि निर्णय लिने प्राधिकरणको तयारी छ। प्राधिकरणले निगमको पत्र उपर कानुनी रायका लागि ‘फ्लाइट सेफ्टी डिपार्टमेन्ट’मा पठाइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell