
काठमाडौँ : सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धमा आइतबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको विरोधमा नागरिक संजालले सोमबार राजधानीमा प्रर्दशन गरेको छ।
न्यायलय र लोकतन्त्र माथिको आक्रमण भएको भन्दै विभिन्न ४८ वटा संघसंस्थाले संयुक्तरुपमा राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्। माइतीघर मण्डलाबाट निस्किएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई विवेकशील नेपाली, नयाँ शक्ति नेपाल, साझा पार्टीका नेता तथा प्रा. डा. गोविन्द केसीले पनि सम्बोधन गरेका थिए। सम्बोधनमा उनीहरुले महाभियोग प्रस्ताव स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको बताएका छन्।