PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

निर्वाचन सुरक्षाका लागि विभिन्न जिल्लामा थप प्रहरी परिचालन



पहिलोपोस्ट

निर्वाचन सुरक्षाका लागि विभिन्न जिल्लामा थप प्रहरी परिचालन

काठमाडौं : स्थानीय निर्वाचनको सुरक्षाको लागि प्रहरी प्रधान कार्यालयले थप सुरक्षाकर्मचारी परिचालन गरेको छ। सोमबारबाट हेडक्वाटरले देशभर ४ हजार ८ सय ८७ जना प्रहरी परिचाल गरेको जानकारी दिएको छ। 

केन्द्रीय निर्वाचन समन्वय कक्षको स्थापना गरी प्रत्येक प्रदेशमा २२ हजार ६ सय १५ जना प्रहरी परिचालन गर्न लागेको हो। प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर तथा दिपायल, प्रहरी युक्ति महाविद्यालय जर्गाह र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने जिल्लाहरुमा उक्त संख्यामा प्रहरी कर्मचारीहरु थप मदतको लागि खटाइएको हो।

खटाइएकामध्ये गोरखामा ५ सय ५५, बाग्लुङमा १०, नुवाकोटमा ६ सय १४, पर्वतमा २५, काभ्रेमा ६ सय ५१ सिन्धुपाल्चोकमा ४ सय ५१, स्याङजामा ७०, म्याग्दीमा १२, धादिङमा ३ सय १३, लम्जुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहुँमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा ३ सय ९३, नवलपरासीमा ५, सिन्धुलीमा १ सय ३०, दोलखामा १ सय ८६, रामेछापमा १ सय २४, दैलेखमा १ सय ४२, कालीकोटमा १ सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सुर्खेतमा १ सय २९, सल्यानमा ४ सय २५ र रुकुममा ५७ जना प्रहरी कर्मचारी परिचालन गरिएको हो। निर्वाचनको घोषणा भए पश्चात प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ। प्रदेशहरुमा कुल २२ हजार ६ सय १५ जना प्रहरी कर्मचारी तथा २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाउने नीति अनुरुप आवश्यकता अनुसार थप प्रहरी खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell