PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

राप्रपा सरकारबाट फिर्ता, प्रचण्ड सरकार स‌ंकटमा



पहिलोपोस्ट

राप्रपा सरकारबाट फिर्ता, प्रचण्ड सरकार स‌ंकटमा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले प्रधान न्यायाधीश माथि लगाइएको महाभियोगमा असहमतिका कारण सरकार छाडेको बताए। उनले भोली प्रधानमन्त्रीलाई भेटेर सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराउने बताए।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयमा भनिएको छ - महाभियोग प्रस्ताको विरोध गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित वर्तमान मन्त्रिपरिषद्बाट राप्रपा अलग हुने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बैठकले गरेको छ।'

मधेस केन्‍द्रीत दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा ३७ सिट रहेको राप्रपाले सरकारलाई समर्थन गरेको थियो। यो सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ।




'हामीले समर्थन पनि फिर्ता लिएको हो। सरकारबाट पनि बाहिरिएको हो', श्रेष्ठले पहिलोपोस्टसित भने, 'मन्त्रीहरुले राजीनामा लेखिसके। भोली प्रधानमन्त्रीलाई बुझाउँछौँ।'

राप्रपाले प्रधान न्यायाधीश सुशीला कार्की माथिको महाभियोगलाई औचित्यहिन भएको तर्क गर्दै तत्काल महाभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ।

'न्यायपालिकाबाट भएका वा हुनसक्ने अनुमानित फैसलालाई आधार बनाएर महाभियोग लगाईनुले न्यायिक स्वतन्त्रता र सर्वोच्चतालाई चुनौती दिने र कमजोर बनाउने काम भएको छ', राप्रपाले निर्णयमा भनेको छ।

राप्रपामा सरकारमा सहभागिताको विषय विवादमा थियो। त्यस्तै संविधान संशोधन प्रस्तावको विपक्षमा राप्रपाका ११ सांसद संसदीय दलको बैठकमा समेत अनुपस्थित भएका थिए।

तर संविधान संशोधनको पक्षमा भने राप्रपाले अझै सहयोग गर्ने श्रेष्ठले उल्लेख गरे। राप्रापको समर्थन विना संविधान संशोधनका लागि आवश्यक दुई तिहाई पुग्दैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell