PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

अनाथ बालबालिका लागि १० महिने स्पेशल तेक्वान्दो तालिम सुरु



पहिलोपोस्ट

अनाथ बालबालिका लागि १० महिने स्पेशल तेक्वान्दो तालिम सुरु

काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा अनाथ र असाहय बालबालिका लक्षित गरी तेक्वान्दो स्पेशल तालिम सुरु भएको छ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा सोमबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्रि दलजित श्रीपालीले उद्घाटन गरे। ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ दश महिने तेक्वान्दो तालिम सुरु भएको छ। 

कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले भने तेक्वान्दो खेलमात्र नभएर एउटा शिक्षा पनि भएको बताए।

उक्त कार्यक्रममा अनाथ र असाहय बालबालिका संरक्षित कुल आठ संस्थाको सहभागीता रहेको छ। उद्घाटनमा कुल २ सय ७० बालबालिकाको सहभागीता रहेको थियो। उनिहरुले तेक्वान्दो डेमान्स्ट्रेसन र डान्स प्रस्तुत गरेका थिए। 

दश महिना अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ। उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामाग्री प्रदान गर्ने संघले जनाएको छ। बिशेष प्रशिक्षणमा सहभागी सबै आश्रममा तेक्वान्दो प्रशिक्षण दिन संघले प्रशिक्षकहरु खटाउने छन्। प्रशिक्षकका लागि पनि संघले प्रशिक्षण गर्ने भएको छ। 

विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को सहयोगमा विशेष प्रशिक्षणमा सहभागीमध्ये सात संस्था काठमाडौ भित्रका तथा एक पोखराबाट रहेको छ। 
यसपटक आरधना तेक्वान्दो डोजाङ, नाइट भिजन, मुस्कान सेवा, नेकोस होम, इसिडिसी र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको छ। सो अवसरमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले यस्ता खालको कार्यक्रमले देशमा एतिहासिक नतिजा कायम गर्दै आएका तेक्वान्दोले थप नयाँ भविष्य रेखा कोर्न बताए। 

सो अवसरमा पारा तेक्वान्दोलाई थप विकासका लागि कासिम मिया धोबीको नेतृत्वमा रहेको पारा तेक्वान्दो समीतीमा तेक्वान्दो संघले दुई सदस्यलाई मनोनित गरेको छ। जगदम्बा कम्पनीका सिइयो रोसिक उन्निखान र चर्चित हेयरस्टाइलिस निल डेबिट कुटवाललाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्रिले सदस्यता प्रमाणपत्र प्रदान गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell