PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

महाभियोग प्रस्तावले भ्रष्टाचारीलाई संरक्षण पुग्ने लोहनीको तर्क



पहिलोपोस्ट

काठमाडौँ: एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा पार्टी निकट ट्रेड युनियनले आयोजना गरेको अन्तक्र्रियामा लोहनीले मुलुकमा राज्य व्यवस्थापनको समस्या समाधान गर्न नसकेर बिना प्रसङ्ग प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएकोमा यसले राजनीतिक अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने बताए।

अध्यक्ष लोहनीले देशमा स्थानीय तहको चुनाव बिथोल्ने अभिप्रायका साथ ल्याइएको महाअभियोग प्रस्तावले राष्ट्र र जनतालाई अस्थिरतातर्फ धकेल्ने बताए।

पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले मुलुकमा बढ्दै गएको अस्थिरता र वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताए।रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell