
आइपीएल अन्तर्गत सोमबार भएको खेलमा रोएल च्यालेन्जर्स बैंगलोलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
१० खेलबाट ८ जित हात पारेको मुम्बई १६ अंक जोड्दै प्लेअफ नजिक पुगेको छ। अब बाँकी ४ मध्ये एक खेल मात्र जितेपद्दि मुम्बईको प्लेअफ सुरक्षित हुनेछ।
यता आठौँ हारपछि बैंगलोरको भने प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ। ११ खेलबाट ५ अंक मात्र रहेको बैंगलोर पूछारबाट दोस्रोमा छ। अब बाँकी ३ खेलमा जित हात पारे पनि बैंगलोरको ११ अंक मात्र हुनेछ र यो शीर्ष चारमा रहन अपर्याप्त हुनेछ।
शीर्ष तीन स्थानमा रहेको टिमको १२ भन्दा बढी अंक छ। सोमबारै हुने दोस्रो खेलमा पुनेले गुजरातलाई पराजित गरे बैंगलोर लिगबाटै बाहिरिने पक्का हुनेछ।
घरेलु मैदान वाङखडे स्टेडियममा मुम्बईले १६३ रनको लक्ष्य १ बल बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा कप्तान रोहित शर्माले नटआउट ५६ रन बनाए। यस्तै जोस बटलरले ३३ तथा नितिश रानाले २७ रनको योगदान गरे। बैंगलोरका पवन नेगीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थयो। बैंगलोरका लागि ए बि डि भिलिएर्सले ४५ तथा पवन नेगीले ३५ रन बनाए। मुम्बईका मिचेन म्याकलेनघानले ३ तथा क्रुनल पाण्ड्याले २ विकेट लए।