PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

'प्रेमगीत २'को कभर गीत प्रतियोगिता



पहिलोपोस्ट

'प्रेमगीत २'को कभर गीत प्रतियोगिता

काठमाडौंँ: फिल्म 'प्रेमगीत २'ले विश्वव्यापी कभर गीत प्रतियोगिताको घोषणा गरेको छ।

सोमबार फिल्म युनिटले फिल्मको शीर्ष गीत 'कहानी यो प्रेमगीतको' माथी कभर गीत गायन प्रतियोगिताको घोषणा गरेको हो।

फिल्म निर्माण युनिटले महिला र पुरुषको फरक फरक प्रतियोगिता रहने जनाएको छ। प्रतिस्पर्धाका बिजेताले एक लाख नगद पुरस्कार सहित गायन मौका समेत पाउनेछन्।


प्रतियोगीले जुनसुकै बाद्यबाधन वा हाइलाइट्स नेपालको युट्युब च्यानलमा रहेको लिरिकल ट्र्याकको प्रयोग गर्न पाउने फिल्म युनिटले जानकारी दिएको छ।

प्रतियोगिताका लागि असार २० गतेसम्ममा प्रतियोगीले आफ्नो व्यक्तिगत विवरण सहित कभर गीतलाई फिल्म निर्माण कम्पनी आयुशेन फिल्मसमा बुझाउन पर्नेछ।

प्रतियोगीले पठाएको भिडियोलाई आसुसेन फिल्मसले यही असार ३० गतेदेखी हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलमा अपलोड गर्नेछ। र अपलोड गरिएको गीतको भ्युजका आधारमा प्रतियोगी छनोट हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell