PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

उम्मेद्वारी दर्ता आज, पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा मनोनयन हुँदै



पहिलोपोस्ट

उम्मेद्वारी दर्ता आज, पहिलो चरणमा निर्वाचन हुने ३४ जिल्लामा मनोनयन हुँदै

काठमाडौँ : वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन हुँदैछ। पहिलो चरणमा निर्वाचन हुन लागेका प्रदेश ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय इकाईमा आज मनोनयन हुन लागेको हो। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन समय तोकिएको छ। 

उम्मेद्वारको मनोनयन जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय र गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा हुनेछ। 

वैशाख १६ गते नै मनोनयनको पूर्वनिर्धारित कार्यतालिका भए पनि राजनीतिक दलहरुबीच दुई चरणमा निर्वाचन गर्न भएको सहमति अनुसार मनोनयन सरेको थियो। 

निर्वाचन आयोगको कार्यतालिका अनुसार आजै साँझ साढे ५ बजे मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन हुनेछ। उम्मेद्वारविरुद्ध दाबी विरोध र उजुरीका लागि मंगबार विहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ।

मनोनयनको जाच गर्ने काम मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयले मंगलबार नै सम्पन्न गरी उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ। नाम फिर्ता लिन चाहने उम्मेद्वारलाई पनि मंगलबार कार्यालय समयसम्मको अवधि तोकिएको छ।

मनोनयनसँगै स्वतन्त्र हैसियतमा चुनाव लड्ने दल र व्यक्तिहरुको चुनाव चिन्हको समेत तय हुनेछ। चुनाव चिन्ह भने निर्वाचन आयोगले २२ गतेमात्र प्रदान गर्नेछ। 

पहिलो चरणको निर्वाचन वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लामा हुनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell