PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

आइजिपी प्रकरण : सर्वोच्चमा फेरि खुल्दैछ फाइल, मुद्दा हेर्ने जिम्मेवारी कसले पाउला?



पहिलोपोस्ट

आइजिपी प्रकरण : सर्वोच्चमा फेरि खुल्दैछ फाइल, मुद्दा हेर्ने जिम्मेवारी कसले पाउला?

काठमाडौँ : नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको फाइल सर्वोच्चमा आजदेखि फेरि खुल्दैछ। चैत ३० गतेको आदेश अनुसार सर्वोच्चले मुद्दाको बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्नेछ। 

सर्वोच्चमा आजदेखि चार डिआइजीको कार्यसम्पादन मूल्याङ्कनको फाइल पुनः खुल्नेछ। 

आइजिपी प्रकरणमा यसअघिको फैसलाका कारण प्रधानन्यायाधीश सुशीला काकीमाथि संसदमा महाभियोग दर्ता भएको छ। महाभियोगका कारण कार्की निलम्वनमा छिन्। आजदेखि न्यायपालिकाको नेतृत्व कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दैछन्। 

कामु प्रधानन्यायाधीश पराजुलीले आइजिपी प्रकरणको मुद्दा हेर्ने जिम्मेवारी कसलाई दिन्छन् भन्ने चासोको विषय समेत बनेको छ।

सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गत चैत ८ गते जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय बदर गरिदिएको थियो। 

सर्वोच्चले कार्यसम्पादनमा डिआइजी नवराज सिलवाल अघि रहेको आदेशमै उल्लेख गरेको थियो। तर, सरकारले सिलवालभन्दा डिआइजी प्रकाश अर्यालको कार्यसम्पादनको अंक बढी रहेको भन्दै २८ चैतमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। 

नियक्तिपछि सिलवाल पुनः आदेश अनुसार नियुक्ति नभएको भन्दै सर्वोच्च पुगेका थिए।

यसबीचमा सिलवाललाई कासमू किर्ते गरेको अभियोगमा सरकारको निर्णय अनुसार प्रहरीले छानविन समिति गठन गरेको थियो। छानविन समितिले बयानका लागि भन्दै सिलवाललाई नियन्त्रणमा लिँदा सर्वोच्चको आदेशमा त्यही दिन छुटेका थिए। सर्वोच्चले मुद्दाको टुङ्गो नलागुन्जेल छानबिन नगर्न पनि अन्तरिम आदेश दिएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell