PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

इराकमा जारी द्वन्द्वमा अप्रिलमा तीन सय नौ सर्वसाधरणको मृत्यु



पहिलोपोस्ट

इराकमा जारी द्वन्द्वमा अप्रिलमा तीन सय नौ सर्वसाधरणको मृत्यु

बग्दाद : इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले द्वन्द्वमा  ३८७ जना घाइते भएको जनाएको छ।

यूएनएएमआईद्वारा जारी विज्ञप्तिमा मृतक तथा घाइते संख्यामा सुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नोतर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ। 

यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको संख्यामा सेनाले आधिकारिकताको माथि प्रश्न उठाएको थियो। सेनाद्वारा दिइएको विवरणप्रति यूएनएएमआईले अविश्वास प्रकट गरेको थियो। 

मृतक सर्वसाधारणमध्ये इराकको उत्तरी प्रान्त नाइनमेहमा सबैभन्दा धेरै १५३ जनाको मृत्यु भएको थियो भने १२३ जनाको पश्चिमी मोसुलमा भएका युद्धमा मारिएको विज्ञप्तिमा जनाइएको छ। रासस÷एएफपी  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell