PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

प्रिमियर लिग : लिभरपुलको नजर शीर्ष तीन



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको नजर शीर्ष तीन

यस सिजनको प्रिमियर लिगका लागि उपाधि होडमा दुई क्लब छन्, चेल्सी र टोटनहम। 

त्यस्तै शीर्ष चारमा पर्नका लागि अन्य चार क्लब होडबाजीमा छन्। अंक तालिकाको शीर्ष तीनमा रहने टोली आगामी सिजन हुने युरोपियन च्याम्पियन्स लिगको लागि सिधै छनौट हुनेछन् भने चौथो स्थानमा रहनेले प्लेअफ खेल्नुपर्नेछ।

शीर्च तीनमा रहने होडमा रहेको लिभरपुलले गएराती भएको खेलमा वाटफोर्डलाई १-० ले पराजित गर्दै महत्पूर्ण तीन अंक जोडेको छ। लिभरपुलको जितमा इमरे कानले पहिलो हाफको इन्जुरी टाइममा ओभरहेड किक गोल गरे।

जितपछि ३५ खेलबाट ६९ अंकका साथ लिभरपुल तेस्रो स्थानमा यथावत छ।

एक खेल कम खेलेका म्यानचेष्टर सिटी ६६ अंकका साथ चौथो तथा म्यानचेष्टर युनाइटेड ६५ अंकका साथ पाँचौमा छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell