PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

कांग्रेस एमालेले छान्न सकेनन् काठमाडौँमा मेयरको उम्मेद्वार, दुवै दल आन्तरिक परामर्शमा



पहिलोपोस्ट

कांग्रेस एमालेले छान्न सकेनन् काठमाडौँमा मेयरको उम्मेद्वार, दुवै दल आन्तरिक परामर्शमा

काठमाडौँ : स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ। मनोनयनको समय सुरु भए पनि प्रमुख राजनीतिक दल अझै उम्मेद्वार छनोटको आन्तरिक परामर्शमा नै छन्।

कांग्रेस र एमालेले काठमाडौँ महानगरपालिकाको उम्मेद्वार छनोट गर्न सकेका छैनन्। दुबै दल बिहानैदेखि आन्तरिक परामर्शमा छन्। चारमध्ये अन्य तीन महानगरपालिकामा उम्मेद्वार टुंगो लागे पनि काठमाडौँको उम्मेद्वार दुबै दलले टुंगो लगाउन सकेको छैनन्। 

एमालेले बसन्त मानन्धरलाई पहिलो प्राथमिकतामा राखेर मेयरमा ५ जनाको सूची बनाए पनि अहिलेसम्म निर्णय गरिसकेको छैन। एमालेका एक नेताले भने ’ अर्को दलले कस्तो उम्मेदवार उठाउँछ त्यसैको प्रतीक्षामा छौँ।’

कांग्रेसले पनि काठमाडौँ महानगरपालिकाको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। 

माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जित शाक्यको नाम सिफारिस गरेको छ। यस्तै, ललितपुर महानगरपालिकामा सर्वोत्तम डंगेल र उपमेयरमा सुशीला पौडेलको नाम सिफारिस गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell